मेलम्चीमा भिषण बाढी: आसपासका बस्ती बगायो, स्थानीयको भागाभाग
काठमाडौं- मेलम्चीमाथि आएको भिषण बाढीको कारण जनजीवन अस्तव्यस्त बनेको छ । भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु बगाएको छ भने स्थानीयहरूको भागाभाग भएको छ ।
रातिको समयमा बढी र पहिरो जाँदा विद्यूत पनि अवरुद्ध बनेको बताइएको छ । साँझ ७ बजेबाट मेलम्ची नजिकै गएको पहिरोको कारण मेलम्ची आयोजनामा पनि बाढी पसेको बताइएको छ ।
बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको बताइएको छ । मेलम्ची नजिकैको चनौते भन्ने बजार पनि डुबानमा परेको बताइएको छ ।
दर्जनौँ स्थानीयहरू वेपत्ता भएका छन् । मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनीयाको क्याम्प पनि डुबानमा परेको छ । नदी नजिकैका टहरा र घरहरु सबै बगाएको बताइएको छ ।
एकातिर रातिको समय त्यसमाथि विद्युत आपूर्ति बन्द भएकाले क्षतिको विवरण आउन नसकेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार पक्की पुलहरु पनि बाढीले बगाएको छ ।