उपेन्द्र यादवले बोलाए कार्यकारिणी बैठक: महत्वपूर्ण निर्णय गर्ने भन्दै पठाए पत्र - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

उपेन्द्र यादवले बोलाए कार्यकारिणी बैठक: महत्वपूर्ण निर्णय गर्ने भन्दै पठाए पत्र



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका छन्।

‘वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने भएकोले निम्न स्थान र समयमा कार्यकारिणी समितिको बैठक राखिएको हुँदा उक्त बैठकमा उपस्थित भईदिनुहुनको लागि अनुरोध गरिन्छ,’ यादवले समितिका सदस्यहरुलाई मंगलबार पठाएको पत्रमा उल्लेख छ।

जसपामा यादव नेतृत्वको पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह सरकारको पक्ष र विपक्षमा विभाजित भएका छन्।

जसपाको ठाकुर पक्ष अहिले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी छ भने पार्टी अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष विपक्षी गठबन्धनमा सहभागी छन्।

पार्टीको कार्यकारिणी समितिमा बहुमतमा रहेका यादवले सो समितिबाट ठाकुर लगायतका नेतालाई कारबाही गर्ने निर्णय गराई सोको जानकारी निर्वाचन आयोगमा पठाएका थिए।

तर आयोगले सो कारबाहीलाई अघि नबढाएपछि उनले आयोगविरुद्ध राजनीतिक तथा कानूनी संघर्ष गर्ने बताएका छन्। यसैबीच उनले सो समितिको बैठक बोलाएका हुन्।