कानून व्यवसायीले उपेन्द्र यादवलाई भने: अदालत गए प्रक्रिया झन् लम्बिन्छ - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

कानून व्यवसायीले उपेन्द्र यादवलाई भने: अदालत गए प्रक्रिया झन् लम्बिन्छ



काठमाडौं- जनता समाजवादी पार्टी निकट कानून व्यवसायीहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दलको आधिकारिकता दाबीका लागि फेरि निर्वाचन आयोग जान सुझाव दिएका छन्। निर्वाचन आयोगको निर्णयविरूद्ध अदालत जानभन्दा दलको आधिकारिकताका लागि फेरि आयोगमा जान सुझाव दिएको बताइएको छ ।

अदालत गए विभाजन प्रक्रिया झन् लम्बिने भन्दै जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवलाई वकिलहरुले सर्वोच्च अदालत नजान सुझाव दिएका छन् । जसपा निकट कानून ब्यवसायीसँग आज उपेन्द्र-भट्टराईसमूहका शीर्ष नेतृत्वको छलफलमा वकिलहरुले सर्वोच्च अदालत गए अदालती प्रक्रिया झन लम्बिने भन्दै अदालत नजान सुझाव दिएका हुन् ।

निर्वाचनको राजनीतिक ऐनको दफा ४३ र ४४ अनुसार बहुमतको आधारमा सिंगों पार्टीको आधिकारिकता दाबी गर्दा छिटो हुने वकिलहरुको दावी छ । जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले मंगलबार कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए।

पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका ४ जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णयलाई आयोगलाई मान्यता नदिएपछि कानुन व्यवसायीहरूले यस्तो सुझाव दिएका हुन्।