कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



काठमाडौँ– कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

नेकपा एमालेले आफ्ना सांसदहरुलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको भएपनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

एमाले संसदीय दलको मंगलबार बसेकाे बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो।

नीति तथा कार्यक्रम पारित भएसँग कर्णाली प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ। प्रदेश सभा बैठक अपराह्न ४ः०० बजेसम्मका लागि स्थगित भएको छ। प्रदेश सभामा आजै आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट पेश हुनेछ।