भीषण वर्षा हुने, सतर्कता अपनाउन मौसम विभागको आग्रह - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

भीषण वर्षा हुने, सतर्कता अपनाउन मौसम विभागको आग्रह



काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशभरको मौसब बदली भएको छ।

जेठ २८ गतेदेखि नेपालको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन ३० गतेदेखि देशैभरि फैलिएको छ। जसका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भीषण हुने भएको सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सोमबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर मौसम बदली रहने छ। देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।