बिनाशर्त माधव नेपालसँग मिल्न ओली तयार, संयुक्त बैठकको तयारी - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

बिनाशर्त माधव नेपालसँग मिल्न ओली तयार, संयुक्त बैठकको तयारी



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विद्रोही समूहसँग गलेका छन् । अर्को समुहलाई निरन्तर दवावमा राख्दै आएका ओलीले पहिलेकै संरचनामा एमालेको बैठक बोलाउने भएका छन् ।

अघिल्लो साता पुरानो संरचनामा फर्किन तयार रहेको भन्दै विभिन्न शर्त तेर्साएका ओलीले अहिले भने बिनाशर्त बैठक बोलाउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले बिनाशर्त पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसहितको पार्टीको स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेको उनकै समुहका नेताले बताएका छन् । ओली समूहका नेता तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको स्थायी कमिटीको बैठक बोलाउने तयारी भएको जानकारी दिएका हुन्।

ओली समुहका एक नेताका अनुसार ओली बिनाशर्त पुरानो संरचनामा फर्किन तयार भएका छन् । `बैठक बोलाउने निर्णय भइसकेको छैन। प्रदेश सभामा बजेट विषयमा बढी केन्द्रित हुनुपर्ने अवस्था छ। केही मुख्यमन्त्री पनि बैठकमा सहभागी हुने भएकोले छलफल गर्दैछौं,´ ति नेताले भने, ‘सम्भवत असार २ गते नै बोलाउने विषयमा कुरा भइरहेको छ।´

एकातिर प्रदेशहरूमा देखिएको पार्टीको अवस्था र अर्कातिर सर्वोच्च अदालतको फैसलाले दवावमा परेका ओली बिनाशर्त फर्किन तयार भएका हुन् । केहि नेताहरूले भने अदालतको आदेशले फरक नपार्ने बताउँदै आएका छन् ।

ति नेताले ओली अहिले सबैलाई मिलाएर लैजाने मुडमा पुगेको बताए । माधव नेपाल पक्षको सहभागिताबारे पहिले नै अध्यक्ष ओलीले आह्वान गरिसकेको उनले उल्लेख गरे।