आफ्नो पक्षमा स्पष्ट बहुमत भएको शंकर पोखरेलको दाबी - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

आफ्नो पक्षमा स्पष्ट बहुमत भएको शंकर पोखरेलको दाबी



काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारमा आफ्नो बहुमत भएको बताएका छन् । उनले नेकपा एमालेका ३९ र जसपाका ६ प्रदेश सभा सदस्यले आफूलाई समर्थन गरेको भन्दै आफ्नो पक्षमा स्पष्ट बहुमत भएको बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले भने, ‘दलीय प्रणालीमा विश्वास राख्ने हो भने राजनीतिक रूपमा सरकारसँग बहुमत छ ।’ यसैबीच लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आइतवार (आज) बहुमतले पारित भएको छ ।

नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो । यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बहुमतको निर्णयलाई प्रदेश सभाले स्वीकार नगरेको उल्लेख गर्दै कानुन कार्यान्वयनका विषयमा आफ्नो अरूचि नरहेको जनाए ।

कोरोना महामारीविरुद्धको लडाइँमा प्रदेश सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले खोप व्यवस्थापनको विषय सङ्घीय सरकारको भएको स्पष्ट गरे ।

उनले नदीजन्य पदार्थको व्यवस्थापनको काम प्रदेश सरकारले नगरेको र त्यो काम पालिकाले जानकारी दिँदै राजस्व बाँडफाँडको काम भएको तर कम पालिकाबाट ४० प्रतिशत राजस्व प्राप्त गरेको बताए ।

उनले मर्चवार क्षेत्रको विकासका लागि दोब्बर बजेट विनियोजन भएको र त्यहाँको विकासलाई उच्च प्राथमिकता दिइएको स्पष्ट गरे ।