विद्रोह गर्ने धम्की दिएर यादवले पाए शक्तिशाली मन्त्रालय - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

विद्रोह गर्ने धम्की दिएर यादवले पाए शक्तिशाली मन्त्रालय



काठमाडौं- यसअघि मन्त्रीमण्डल विस्तार हुँदा मन्त्री बन्ने चर्चामा रहेका जनता समाजवादी पार्टी महन्थ ठाकुर समुहका नेता राजकिशोर यादवलाई यसपटक भने प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउने भएका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि नाम सुन्न पनि नचाहेका यादवले शक्तिशाली मन्त्रालय पड्काएका छन् । जसपाका नेताहरूले अघिल्लो पटक मन्त्री बनाउने लिस्टमा उनको नाम राख्दा प्रधानमन्त्री ओलीले थासै अस्विकार गरेको बताइएको थियो । ओ‌लीले जसपा नेता यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका छन्।

ओलीले यसअघि राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट दस जना मन्त्री बनाएका थिए। राजकिशोर थपिएसँगै जसपाका ११ मन्त्री पुगेका छन्। स्रोतका अनुसार यादवले महन्थ समुहमा विद्रोहको तयारी गरेपछि उनलाई मन्त्री बनाउन पहल गरिएको थियो ।

महन्थ-राजेन्द्र पक्षका यादव मन्त्री बन्न नपाएपछि रुष्ट बनेका थिए। आफूलाई मन्त्री नबनाए उपेन्द्र यादवको पक्षमा उभिने धम्कीपछि उनलाई मन्त्री बनाइएको चर्चा जसपाभित्र चल्न थालेको छ।