मुख्यमन्त्री गुरुङले मागे विश्वासको मत - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

मुख्यमन्त्री गुरुङले मागे विश्वासको मत



काठमाडौं- गण्डकी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ। गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मत मागेका छन्।

विश्वासको मत पाउन मुख्यमन्त्री गुरुङले ३१ मत पाउनुपर्छ। ६० सदस्य रहेको प्रदेशसभामा एमालेको पक्षमा २८ सदस्य (स्वतन्त्रका मनाङेसहित) छन्। त्यसमा पनि माधवकुमार नेपाल पक्षका एकजना सदस्य छन्। मनाङेले मुख्यमन्त्रीलाई साथ नदिँदा र नेपाल पक्षका सदस्य इन्द्रलाल सापकोटाले फ्लोर क्रस गरेको खण्डमा विपक्षमा बहुमत पुग्ने पक्का जस्तै भएको देखिएको छ।

दुईतिहाई मतसहित पहिलोपटक मुख्यमन्त्री बनेका गुरुङ ठूलो दलको हैसियतमा गत वैशाख २९ गते दोश्रोपटक मुख्यमन्त्री बनेका थिए । अल्पमतको सरकारको नेतृत्व गरेका मुख्यमन्त्रीले एकमहिना भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार आज विश्वासको मत लिन थालेका हुन् ।

बिपक्षी गठबन्धनले असार १ गते बजेट ल्याउनै पर्ने बाध्यकारी ब्यवस्था भएकाले विश्वासको मत केही दिन अगाडि नै लिन आग्रह गरेपनि मुख्यमन्त्री गुरुङले एक महिना पुग्ने अन्तिम दिन विश्वासको मत लिने अडान लिँदा विश्वासको मत लिन ढिलाई भएको हो ।