गण्डकीमा सबै दलको ह्वीप: मुख्यमन्त्रीलाई विश्वासको मत नदिनु
काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार लिने विश्वासको मतको विपक्षमा उभिनका लागि दलहरुले आ–आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन् ।
बुधबार गण्डकी प्रदेशसभाअन्तर्गत नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संसदीय दलका छुट्टाछुट्टै बसेका बैठकले ह्वीप जारी गरेका हुन् ।
नेकपा (एमाले) ले पनि विश्वासको मतको पक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।
मुख्यमन्त्रीले बिहीबार १२ बजेपछि विश्वासको मत लिने तय भएकाे छ ।