प्रदेश २ मा ट्वीस्ट: सहमति भैसकेको माओवादी बाहिरियो - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

प्रदेश २ मा ट्वीस्ट: सहमति भैसकेको माओवादी बाहिरियो



काठमाडौं- प्रदेश २ को राजनीतिमा ट्वीस्ट देखिएको छ । सबै सहमति भैसकेर सरकारमा सहभागी हुने भनिएको नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने भएको छ।

मुख्यमन्त्री लालबाबु राउतसँग सहमति नभएपछि माओवादी केन्द्र तत्काल सरकारमा सहभागी हुनबाट पछि हटेको हो। वार्ताका लागि कार्यदल सदस्यसमेत रहेका प्रदेश सांसद जगत यादवले माओवादी केन्द्र सरकारमा सहभागी नहुने जानकारी दिए।

आफूहरूले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय मागेको तर त्यसका लागि सरकार तयार नभएपछि सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको यादवले बताए। सरकारले आफूसँग अपमानजनक व्यवहार गरेको उनको आरोप छ।

मुख्यमन्त्री राउतले कांग्रेसका साथै माओवादीलाई पनि समावेश गरेर मन्त्रीमण्डल विस्तार गर्न खोजेका थिए। तर, माओवादी तयार नभएपछि उनी अब कांग्रेसलाई मात्रै सहभागी गराएर मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन्।