डा. भट्टराईले भने: ओलीकै कारण देशमा नयाँ अवसर आयो - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

डा. भट्टराईले भने: ओलीकै कारण देशमा नयाँ अवसर आयो



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीकै कारण नेपालमा नया राजनीतिक अवसर आएको बताएका छन् । उनले नेपालमा नयाँ राजनीतिक ध्रुवीकरण भैरहेको बताएका छन्।

बुधबार ट्वीट गर्दै भट्टराईले कुनै संकटले नयाँ सम्भावना लिएर आउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको प्रतिगमनको संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्ने उल्लेख गरेका हुन्।

ओलीले कम्युनिष्ट पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि कम्युनिष्टका कुरा असान्दर्भिक भएकोले नयाँ ढंगबाट सोच्न उनले आग्रह गरेका छन्।

‘ओलीले कम्युनिष्ट पदावलीलाई नै बदनाम गराइसेकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्टको कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ’ उनले भनेका छन्।

उनले लेखेका छन्:

भनिन्छ कुनै पनि संकट नयाँ सम्भावना लिएर आउँछ। ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ । ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ। सबैले नयाँ ढंगले सोचौं!