पूर्वमन्त्री विष्टको अवस्था गम्भीर: हेलिकप्टरमा काठमाडौं ल्याइयो - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

पूर्वमन्त्री विष्टको अवस्था गम्भीर: हेलिकप्टरमा काठमाडौं ल्याइयो



काठमाडौं- कोरोना संक्रमण भएका पूर्व सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री तप्तबहादुर विष्टको अवस्था चिन्ताजनक भएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

विष्टलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि विष्ट १० दिनदेखि कर्णाली प्रदेश अस्पतालमा उपचाररत थिए । कोरोना संक्रमित विष्टको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारमा लागि बुधबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरेको थियो ।