छलफल गर्न भन्दै प्रधानमन्त्रीसहित शीर्ष नेतालाई सभामुखले बोलाए - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

छलफल गर्न भन्दै प्रधानमन्त्रीसहित शीर्ष नेतालाई सभामुखले बोलाए



काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शिर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् । उनले प्रधानमन्त्री सहित पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।

बुधबार एक पत्र लेख्दै सभामुख सापकोटाले प्रधानमन्त्रीसहित नेताहरुलाई समसामयिक विषयमा छलफल गर्न बोलाएका छन् । छलफल गर्नुपर्ने भन्दै यहि जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा उनले नेताहरूलाई बोलाएका हुन् ।

सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न खोजेका उनका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।