बौद्धमा भेटिएको शवको टुक्राबारे रहस्य खुल्दै - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

बौद्धमा भेटिएको शवको टुक्राबारे रहस्य खुल्दै



काठमाडौं- काठमाडौंको बौंद्धमा शव भेटिएको ठाउँ नजिकै मानव शरीरका अवशेषहरु फेला परेका छन् । महानगरपालिकाको वडा नम्बर ६ बौद्धमा रहेको नयाँबस्तीमा शरीरको दायाँ पैतला र केही हड्डी फेला परेको थियो ।

सोही स्थानभन्दा केही मिटर पर अवशेष भेटिएको हो । प्रहरीका अनुसार सो स्थान भन्दा ५ सय मिटर पर पोलिएको मानव शरीरको मासुको टुक्रा फेला परेको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । डीएनए परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालले प्रोफाइलिङ गर्ने बताइएको छ । शवको पहिचान अहिलेसम्म हुन सकेको छैन् ।