अब कागजात झिकाउने र एमिकस क्युरी बोलाउने प्रक्रियामा अदालत - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

अब कागजात झिकाउने र एमिकस क्युरी बोलाउने प्रक्रियामा अदालत



काठमाडौं- प्रतिनिधिसभा विघटनको रिटमा संवैधानिक इजलासमा अहिले सुनुवाई भैरहेको छ । दुई वरिष्ठ अधिवक्ताहरूले अहस गरेपछि न्यायधिशहरूले आन्तरिक छलफल गरेका छन् ।

संवैधानिक इजालस गठन प्रक्रिया र विवाद सकेर अगाडी बढेको अदालत अबको प्रक्रिया भने संसद विघटन सिरुद्धको मुद्दामा केन्द्रित हुनेछ । त्यससम्बन्धी सरकारी सिफारिस, राष्ट्रपतिको निर्णय र देउवा तथा ओलीले बुझाएका दावीका कागजात मिति तोकेर मगाउने, एमिकस क्युरी बोलाउनेजस्ता प्रक्रिया भने अघि बढ्नेछ ।

यसाघी गठन गरिएको इजलासमा संलग्न दुई न्यायाधीशको न्यायिक निष्पक्षतामाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले वरिष्ठतम् न्यायाधीशहरूलाई समेटेर अर्को इजलास गठन गरेका थिए ।

दोस्रो पटक गठित इजलासबारे सत्तापक्षले असन्तुष्टि जनाएपछि बिबाद थप चर्किएको थियो । तर अब भने अदालत त्यस बिषयमा नरोकिने र यसबारे कसैको पनि कुरा नसुन्ने बताइएको छ ।