न्यायाधिशले भने: अब हामी कसैको कुरा सुन्दैनौँ
काठमाडौं- संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास नछाड्ने भएपछि प्रतिनिधिसभा विघटनविरद्धको मुद्दामा सुनुवाइ शुरू भएको छ ।
दुई न्यायाधीशले इजलास छाड्नुपर्ने भनी यसअघि सरकार पक्षका कानून व्यवसायीले सुझाव दिएपछि विवाद भएको थियो । तर, दुवै न्यायाधीशले आज कुनै राय दिएनन् बरु प्रधानन्यायाधीशले सुनुवाइ अघि बढाउने आदेश दिएका छन् ।
इजलासको विवादबारे न्यायाधीश ईश्वर खतिवडाले संविधानतः प्रधानन्यायाधीश बाहेक इजलास नबन्ने र बाँकी चारजना न्यायाधीश एउटै डुंगामा रहेको भन्दै परिस्थितिवस इजलासमा आएका कसैले पनि छाड्न नसक्ने बताए ।
उनले भनेका छन्:
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गनठबारे बिभिन्न प्रश्न उठेका छन्। सबै प्रश्नलाई ‘नोटिस’मा लिएका छौं।
इजलासबारे उठेका सबै जवाफ शब्दले मात्रै दिँदैन, कहिलेकाँही बहुलताले पनि प्रश्नको जवाफ दिन्छ। प्रश्नलाई कुन ढंगबाट सम्बोधन गर्नुपर्छ वा पर्दैन त्यो हामी जान्दछौं।
संवैधानिक इजलासमा सम्मानीय प्रधानन्यायाधीशको विकल्प छैन। संविधानले नै अरुलाई प्रधानन्यायाधीशको विकल्प दिँदैन। बाँकी हामी चार जना न्यायाधीश एउटै डुंगामा छौं। हामी रहरले आएका होइनौ, यो जिम्मेवारी प्राप्त हुन आएको हो।
यो जिम्मेवारी अनुसार यो मुद्दालाई ‘जलिकल इन्ड’मा पु-याउने हो। बेन्च गठनबारे अब कुनै प्रश्न नउठाउनु होला। हामी त्यो सुन्दैनौं।
बेन्च गठनलाई अनावश्यक रुपमा विवादमा ल्याइयो। विगतका १२ दिन हामी सबैका लागि बिर्सनलायक रहे। अब यसमा नअल्झिएर बहसलाई अगाडी बढाऔ।