चुरेको विरोध नगर्न विष्णु पौडेलको चेतावनी - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

चुरेको विरोध नगर्न विष्णु पौडेलको चेतावनी



काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चुरेको विरोध नगर्न चेतावनी दिएका छन् । उनले राजनीति गर्न अन्य बिषय पनि भएकाले चुरेको सहारा लिनुनपर्ने बताएका बताएका छन्।

चुरेलाई बहाना बनाएर सरकारको आलोचनामा आफ्नो वौद्धिकता र सामर्थ खर्च नगरी राष्ट्र निर्माणमा खर्चिन पनि उनले आग्रह गरे । नेपाल वातावरण पत्रकार समूहले बुधबार बिहान आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री पौडेलले विपक्षी दललाई संकेत गर्दैभने, ‘चुरेबाट एक डोको माटो, एक डोको ढुंगा पनि निकासी गर्दैनौं। बजेटको बुँदा नम्बर १९९ मा चुरे लेखिएको पनि छैन । म भन्न चाहन्छु राजनीति गर्न चुरेको सहरा लिनुपर्देन, अरू पनि मुद्दा छन् ।’

ढुंगा, गिटी निकासीलाई भारतसँग जोडेको भन्दै उनले आपत्ति जनाए । ‘ढुंगा निकासी छिमेकी राष्ट्रसँग जोडिएका अभिव्यक्ति निर्धो छ । म अभिव्यक्ति प्रति दया गर्न चाहन्छु,’ उनले भने । राष्ट्रिय हितका लागि पैरवी गर्ने सरकार रहेको जिकिर गर्दे पौडेलले ‘यो अभिव्यक्तिले नेपालीको स्वाभिमान असर पर्ने र राष्ट्रियतामाथि प्रहार भएको बताए ।

‘प्रधानमन्त्री, अर्थमन्त्रीको आलोचना गर्नुस् खुलेर सुन्न चाहन्छौं, कमजोरी छन् भने सच्याउने चाहन्छु । तर राष्ट्रको सम्मानमा आँच पुर्‍याउने गरी टिप्पणी नगरिदिनु हो,’ उनले भने । १५ जेठमा सार्वजनिक आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा ‘खानीजन्य ढुंगा, गिटी, बालुवाको निकासी गरी व्यापार घाटा कम गर्ने’ उल्लेख छ । सरकारको यो नीतिको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा मात्र होइन सत्तासिन एमालेको माधव नेपाल पक्षले पनि औपचारिक विज्ञप्ति जारी गरेर विज्ञप्ति जारी गरिसकेको छ ।

वातावरणीय प्रभाव र भौगर्भिक दृष्टिले उपयुक्त ठानिएका क्षेत्रबाट पनि खानी उत्खनन हुने भन्दै उनले भने, ‘चुरेसँगै कुनै पनि किसिमको सम्झौता हुँदैन । खनिदैन ।’ ‘यही विष्णु पौडेल हो, जो तराई क्षेत्रबाट जनप्रतिनिधिका रुपमा निर्वाचित छ, चुरेको काखमा रहेको निर्वाचन क्षेत्रबाट निर्वाचित भएको छु,’ उनले भने, ‘म पनि चुरेको महत्वलाई कही न केही बुझ्दछु ।’

लुम्बिनी प्रदेशमा रहेको सिद्धबाबा पहाड काट्ने प्रदेश सरकारको योजनामा पौडेलले असहमति जनाएका छन् ।‘सिद्धबाबामा पहिरोबाट वर्षेनि दर्जनौं मानिस ज्यान गुमाउने गरेका छन् । स्वभाविक रुपमा कतिपय व्यत्तिले डाँडा सम्यानुपर्छ भनेर सुझाव दिएका छन्। तर म स्वंयले यो विषयमा विरोध गरेको छु । डाँडो खनेर यात्रा सुरक्षित गर्ने होइन । सुरुङमार्ग बनाएर डाँडो खन्ने, सम्याउने होइन । खानी उत्खनन होइन । सुरुङ बनाएर यात्रा सुरक्षित गर्नुपर्छ ।