योगेश भट्टराईले खोले एकता हुन नसक्नुका खास दुई रहस्य - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

योगेश भट्टराईले खोले एकता हुन नसक्नुका खास दुई रहस्य



काठमाडौं- नेकपा एमालेका युवा नेता योगेश भट्टराईले पार्टी एकता हुन नसक्नुका खास २ रहस्यबारे बताएका छन् । उनले एकता नहुनुमा केपी शर्मा ओली जत्तिकै माधव नेपाल समूह पनि जिम्मेवार रहेको बताएका छन्।

उनले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भन्दा महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी गर्न तयार हुने र अर्कातिर नेता नेपाल र खनालले पनि ओलीसँग मिल्न तयार हुनुभन्दा शेरबहादुर देउवा र प्रचण्डसँग गठबन्धन गर्न तयार हुनु नै एकता नहुनुको मुल जड रहेको बताएका हुन्।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।

एमाले एकताको समस्याको मुल जड यहिँ छ’, भट्टराईले भनेका छन्। उनले प्रश्न गरेका छन् ‘कसले, किन र के का लागि गर्दैछ यो सब?’

यस विषयमा नेताहरुबीच गम्भीर छलफल गरेर र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी रहेको भट्टराईले बताएका छन्।

यस्तो छ उनको स्टाटस:

‘एमालेको एकताको मुल जड ?
कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कस्ले, किन र के कालागि गर्दैछ यो सब ?
एमाले एकताको समस्याको मुल जड यहिं छ ।
यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।’