नवनियुक्त मन्त्रीहरूको मुद्दा न्यायाधीश ईश्वर खतिवडाले हेर्ने - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

नवनियुक्त मन्त्रीहरूको मुद्दा न्यायाधीश ईश्वर खतिवडाले हेर्ने



काठमाडौं- मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ। 

सर्वोच्च अदालतले मंगलबार बिहान जारी गरेको दैनिक पेशी सूचीमा मन्त्रिपरिषद् विस्तारविरुद्धका ६ वटै रिट न्यायाधीश खतिवडाको इजलासमा राखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २१ जेठमा जनता समाजवादी पार्टी (जसपा)का आठ मन्त्री र दुई राज्यमन्त्री सहित मन्त्रिपरिषद् विस्तार गरेका थिए। त्यसका विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित ६ जना कानून व्यवसायीले रिट दायर गरेका थिए। 

वरिष्ठ अधिवक्ता त्रिपाठीसहित अधिवक्ताहरू राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कंचनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाह रिट दायर गरेका हुन्। रिटमा संविधान विपरीत मन्त्रिपरिषद् विस्तरा भएकाले बदर गर्न माग गरिएको छ।