ओलीलाई लिखित जवाफ दिने तयारीमा नेपाल समूह - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

ओलीलाई लिखित जवाफ दिने तयारीमा नेपाल समूह



काठमाडौं- नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा जारी गरेको ६ बुँदे प्रस्तावको माधवकुमार नेपाल पक्षले लिखित जवाफ दिने भएको छ। 

एमाले एकताका लागि भन्दै ओलीले आइतबार साँझ ६ बुँदे प्रस्ताव जारी गरेका थिए। जसमा नेपाल पक्षले राखेका माग मान्न तयार रहेको जनाएका थिए। 

त्यससम्बन्धी धारणा बनाउन नेपाल पक्षको स्थायी समिति बैठक बसेको छ। भर्चुअल माध्यमबाट बसेको बैठकले धारणा तयार गरेको स्थायी समिति सदस्य बेदुराम भुसालले बताए। 

स्थायी समिति बैठकले ओलीको प्रस्तावका विषयमा लिखित जवाफ दिने निष्कर्ष निकालेको छ।