प्रधानन्यायाधीश जबराको स्वास्थ्यमा समस्या: संवैधानिक इजलास स्थगित - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

प्रधानन्यायाधीश जबराको स्वास्थ्यमा समस्या: संवैधानिक इजलास स्थगित



काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि आजका लागि संवैधानिक इजालास स्थगित भएको छ ।

आज सोमबार बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको जनाइएको छ । प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत प्रशासनमा आफू बिरामी भएको जानकारी गराएको बताइएको छ ।

आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी उनले पठाएको सर्वोच्च स्रोत्ले बतायो ।