माधव नेपाल समूह विभाजित: छलफल गर्न डाकियो बैठक - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

माधव नेपाल समूह विभाजित: छलफल गर्न डाकियो बैठक



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का असन्तुष्ट माधव नेपाल समुहको बैठक बोलाईएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पुरानै संरचनामा फर्काउन तयार भएको विज्ञप्ति जारी गरेपछि उनीहरूको बैठक बस्न लागेको हो ।

सोमबार मध्याह्न १२ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले सर्तसहित जेठ ३ मा फर्कने बताउँदै ६ बुँदे प्रस्ताव अघि सारेपछि त्यसबारे धारणा तय गर्न उनीहरू बैठक बस्न लागेको बताइएको छ ।

बैठक भर्चुअल माध्यमबाट हुने बैठकले प्रस्तावबारे ठोस निर्णय गर्नेछ । अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावपछि खनाल–नेपाल समूहमा मत विभाजित भएको छ ।

योगेश भट्टराईले ओलीको प्रस्तावको स्वागत गरेका छन् । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसालले अर्को चालबाजीको रूपमा व्याख्या, विश्लेषण गरेका छन् ।