बाबुरामको प्रश्न: एउटै चुलोमा भान्सा गर्दा ओलीका अक्षम्य राष्ट्रघात माफ हुन्छन्? - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

बाबुरामको प्रश्न: एउटै चुलोमा भान्सा गर्दा ओलीका अक्षम्य राष्ट्रघात माफ हुन्छन्?



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जस्सपा नेता डा. बाबुराम भट्टराईले माधव नेपालहरू एकैठाउँ हुँदा प्रधानमन्त्री केपी ओलीको पालामा भएका असंवैधानिक काण्डहरू के हुन्छन भन्दै प्रश्न गरेका छन् ।

डा. भट्टराईले नेकपा एमालेका माधव नेपाल समूहका नेताहरूलाई प्रश्न गर्दै भनेका छन्, ‘गम्भीर काण्डहरू अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?’

आइतबार राति एक ट्विट गर्दै जसपमा संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले ‘तपाईंहरू (निष्काशित एमाले) सबै जेठ ३ मा फर्केर एउटै चुलामा बाक्लो दालसहित भातभान्सा गरेमा ओलीका अक्षम्य अपराध माफ हुन्छन् भनी सोधेका छन्।

एमाले अध्यक्ष ओलीले आजै ६ बुँदै प्रस्ताव गर्दै पार्टी एकताका लागि सबैलाई एकजुट हुन आग्रह गरेका छन्। यसै सन्दर्भमा भट्टराईले ट्विट गरेका हुन्। ओलीले आज गरेको प्रस्तावमा ०७५ जठअघघिको अवस्थामा पार्टीलाई लैजाने भन्दै एकतामा बाँधिन आग्रह गरेका हुन्।

भट्टराईंले ‘एमाले कणहरू’ सम्बोधन गर्दै लेखेका छन् – एमाले कणहरूसंग जिज्ञासास्तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यतिरओम्नी लगायतका अर्बौंको भ्रष्टाचार, सॉसद अपहरण, कोरोना पीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?