ठाकुर समूहसंग बहुमत नभएको प्रमाणित: आयोगले मागेको हस्ताक्षर बुझाउन सकेन - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

ठाकुर समूहसंग बहुमत नभएको प्रमाणित: आयोगले मागेको हस्ताक्षर बुझाउन सकेन



काठमाडौं- बहुमत जुटाउन नसकेपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले कोरोना महामारीको बहाना बनाएको छ ।

ठाकुर समूह केन्द्रीय कार्यकारिणी समितिमा बहुमत जुटाउन पूर्णत असफल भएको छ । योसँगै उक्त पक्षले निर्वाचन आयोगले माग गरेको कागजात आयोगलाई बुझाउने सकेन । कागजात बुझाउन नसकेपछि कोरोनाको बहाना बहाएर अहिले बुझाउन नसक्ने बताएको छ ।

यता उपेन्द्र यादव समुहले भने आयोगको मागअनुसार गत बिहीबार नै कागजात बुझाइसकेको छ । यादव समुहले बुझाउनुको मतलब ठाकुर समुहले बहुमत पुराउन नसकेको बुझिन्छ । बहुमत नसकेपछि यस्तो बहाना बनाएको प्रष्ट देखिएको छ ।

आयोगले ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयको हस्ताक्षरसहितको माइन्यूट र अनुसूची १८ अनुरुपको फाराम भरेर पठाउन भनेको थियो । यसबीचमा व्यापक गृहकार्य गर्दा पनि बहुमत जुटाउन नसकेपछि पछि हटेको हो ।

यसअघि जसपाका दुवै पक्षले आयोगलाई बुझाएको पत्र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचा नपुगेको भन्दै अनुसूची १८ को फाराम भरेर बुझाउन आयोगले निर्देशन दिएको थियो ।