प्रधानसेनापतिले भने: जिम्मेवारी र दायित्वबाट सेना कहिल्यै भाग्दैन - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

प्रधानसेनापतिले भने: जिम्मेवारी र दायित्वबाट सेना कहिल्यै भाग्दैन



काठमाडौँ- प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधानमा तोकिएका जिम्मेवारी र दायित्वबाट सेना कहिल्यै नभाग्ने स्पष्ट पारेका छन्।

जंगी अड्डामा आइतबार आयोजित पत्रकार भेटघाटमा प्रधानसेनापति थापाले नेपाली सेना प्रजातान्त्रिक मूल्य र संवैधानिक दायित्वभन्दा बाहिर नजाने बताउँदै संविधानमा तोकिएका जिम्मेवारी र दायित्वबाट सेना कहिल्यै नभाग्ने वा विचलित नहुने बताएका हुन्।

भदौ २६ गते अवकाश हुन थालेका प्रधानसेनापति थापाले अहिल्यैदेखि अवकाशमा जान प्रक्रिया सुरु गरिसकेको पनि जानकारी दिए।

ठेक्कापट्टामा कुनै अनियमितता नभएको दाबी गर्दै प्रधानसेनापति थापाले आफ्ना तीन वर्षको कार्यकाल सुमधुर ढंगले बितेको पनि पत्रकारहरुसँग बताए।

उनले ‘प्रधानसेनापतिसँग सिपाही’ कार्यक्रम सफलतासाथ अघि बढिरहेको स्मरण पनि भेटघाटका क्रममा गरे।

संसद विघटनपछि अस्थीर राजनीतिबीच सेना अगाडि आउनसक्ने अड्कलबाजी भइरहेका बेला प्रधानसेनापति थापाले संवैधानिक मूल्य र दायित्वबाट बाहिर नजाने स्पष्टोक्ति दिएका हुन्।