राजेन्द्र महतोको मन्त्री पद धरापमा: सर्वोच्चमा पुग्यो मुद्दा
काठमाडौं- नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतो विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । शहरी विकासमन्त्री समेत रहेका महतोलाई मन्त्री बनाएको प्रक्रिया नै गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन परेको हो ।
राजेन्द्र महतोविरुद्ध रिट लिएर अधिवक्ता वीरभद्र जोशी सर्वोच्च अदालत पुगेका छन् । रिटमा महतोलाई मन्त्री बनाइएको प्रकिया नै गलत भएको भन्दै यो निर्णय बदर गर्न आग्रह गरिएको छ ।
निवेदनमा एकातिर मन्त्री बनाउने प्रक्रिया नै गलत भएको त अर्कोतिर मन्त्री बनेलगत्तै दिएको विखण्डनकारी अभिव्यक्ति दिईएकोले उनको नियुक्ति तत्काल बदर गर्न माग गरिएको छ।
रिटमा अधिवक्ताले मन्त्री महतोको नियुक्ति बदर गर्न तथा तत्काल कुनै पनि काम गर्न गराउनबाट रोक लगाउन परमादेश माग गरेका छन् ।
शुक्रबार मन्त्री नियुक्त भएलगत्तै महतोले मुलुकलाई बहुल राष्ट्रिय राज्यतर्फ लैजान मुक्ति आन्दोलन चर्काउने आफूहरूको अभियान रहेको बत्ताएका थिए ।
रिट दर्ता भएर सुनुवाई भएको खण्डमा महतो मन्त्रीबाट बर्खास्त हुनसक्ने छन् ।