शंकर पोखरेलको आरोप: राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको हो - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

शंकर पोखरेलको आरोप: राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको हो



सत्तारुढ एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको एजेन्डा भएको आरोप लागेका छन् ।

ओली सरकारमा भर्खरै उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादस्पद अभिव्यक्तिदिएका बेला पोखरेलले जुन कुराको विरोध भइरहकेो छ, त्यो हिजो माओवादी केन्द्रको नीति भएको बताएका छन् । उनले जसपासंग कतिपय नीतिगत विषयमा विमति रहेको बताएका छन् ।

उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आलोचना भइरहेका वेला पोखरेलले जसपा बदलिने विश्वास लिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा शनिबार लेखेका छन्, ‘जसपाका कतिपय नीतिसँग हाम्रा विमति हिजो पनि थिए र आज पनि छन् नै । आज जुन कुराको तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो । आज माओवादी केन्द्रको उक्त नीति बदलिएको हो भने जसपाको पनि अवश्य बदलिनेछ । तर, राष्ट्र र राज्यका बारेमा हामी हिजो पनि स्पष्ट थियौँ र आज पनि स्पष्ट नै छौँ ।’