महतोको अभिव्यक्ति अखण्डता र राष्ट्रिय हित विपरित छ: गोकर्ण विष्ट - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

महतोको अभिव्यक्ति अखण्डता र राष्ट्रिय हित विपरित छ: गोकर्ण विष्ट



काठमाडौं- पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल रहेको भन्दै विष्टले आपत्ति जनाएका हुन् ।

उनले जिम्मेवार पदमा पुगेका महतोबाट यस्तो अभिव्यक्ति आउनु अराजक र संविधान विरोधी भएको बताए । हमतोले मन्त्री बने लगत्तै विवादास्पद अभिव्यक्ति दिएका थिए । महतोको यो अभिव्यक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ ।

यसैलाई लक्षित गर्दै नेता विष्टले भनेका छन्, ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल छ, जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’

शुक्रबार नियुक्त भएका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण लगत्तै बहुराष्ट्र र बहुराज्य सञ्चालन गर्ने मुक्ति आन्दोलन जारी रहेको अभिव्यक्ति दिएका थिए ।