महतोको विरोध गर्दा अनेरास्ववियुका नेताहरू पक्राउ
काठमाडौं- उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिविरुद्ध आन्दोलनमा उत्रिएका अनेरास्ववियु माधव नेपाल समुहका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
मन्त्रीको सपथ लिए लगत्तै महतोले देशको सार्वभौमिकता र अखण्डताको खलबलिनेगरी दिएको अभिव्यक्ति विरुद्ध अनेरास्ववियु नेता कार्यकर्ता विरोधमा उत्रिएका थिए ।
नयाँ बानेश्वरमा प्रदर्शन गर्दैगर्दा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली लगायत एघार जना विद्यार्थीलाई पहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा, सचिव अशोक थापा, महेस श्रेष्ठ , मेघनाथ चापागाई, टपेन्द्र शाही, स्थायी कमिटी सदस्यय आकाश खनाल र लक्ष्मी क्षेत्री लगायत छन् ।
दुई दर्जन बढी नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।
फाइल तस्विर