राजेन्द्र महतोको बरियता चौथो: यस्तो छ मन्त्रीहरूको कार्यविभाजन - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

राजेन्द्र महतोको बरियता चौथो: यस्तो छ मन्त्रीहरूको कार्यविभाजन



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुका मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। उनले एमालेका अधिकांश मन्त्रीहरुलाई जसपाका मन्त्रीहरुद्वारा विस्थापित गरेका छन्।

अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्दै निरन्तरता दिएका छन् भने शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त तेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पनि निरन्तरता पाएका छन्।

ओेलीले एमालेबाट रघुवीर महासेठलाई उपप्रधानसहित परराष्ट्र र शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।

राजेन्द्र महतोलाई उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयकोे जिम्मेवारी दिएर शपथ गराइएको छ भने जसपाबाट शरतसिंह भण्डारी उर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा तथा खेलकुद, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला मन्त्रालय र एकबाल मियाँले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

जसपाबाट चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला मन्त्रालयको राज्यमन्त्री भएकी छिन्।

यस्तै उपप्रधानमन्त्रीको बरियतामा विष्णु पौडेल अगाडी भएका छन् । मन्त्रीमण्डलमा उनको स्थान दोस्रोमा राखिएको छ भने रघुवीर महासेठ तेस्रो बरियतामा छन् ।त्यस्तै राजेन्द्र महारतो भने चौर्हो बरियतामा रहेका छन् ।

नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन यस्तो छ: