राजेन्द्र महतो मन्त्री बनेकै दिन ओलीले भने: अब भारतसँगको सबै असमझदारी हट्यो - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

राजेन्द्र महतो मन्त्री बनेकै दिन ओलीले भने: अब भारतसँगको सबै असमझदारी हट्यो



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूह सरकारमा सहभागी भएकै दिन राजेन्द्र महतो लगायतका नेताहरू मन्त्री बनेकै दिन अब भारतसँग कुनै असमझदारी नभएको घोषणा गरेका छन् ।

उनले अब भारतसँग सबै असमझदारी हटेको बताउँदै अबको सम्वन्ध झनै राम्रो हुने बताएका छन् । बीबीसी हिन्दी सेवाका लागि शालु यादवलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विगतमा भारतसंग असमझदारी भएको स्विकार गरेपनि अहिले भने त्यो हटेको दावी गरेका छन् । उनले छिमेकी देशहरुको बीचमा प्रेम र समस्या हुनु स्वभाविक भएको बताए ।

उनले भनेका छन ‘पहिले असमझदारीहरु थिए। तर अब ती असझदारी हटेका छन । हामी त्यसैमा अल्झिएर बस्नु हुंदैन। भविष्य हेरेर अगाडि बढ्नुपर्छ । ’

प्रधानमन्त्री ओलीले नेपाल र भारतको मित्रतालाई हेरेर भारतले पूर्ण सहयोग गर्नुपर्ने बताएका छन् । उनले नेपाल र भारतको मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्ने धारणा राखेका हुन ।