सांसदबाट बर्खास्त गरिएका कृष्ण थापा न्याय खोज्दै सर्वोच्चमा - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सांसदबाट बर्खास्त गरिएका कृष्ण थापा न्याय खोज्दै सर्वोच्चमा



काठमाडौं- राष्ट्रिय जनमोर्चाले सांसदबाट बर्खास्त गरेका नेता कृष्णबहादुर थापा न्याय खोज्दै सर्वोच्च अदालत पुगेका छन्। 

थापाले आफूलाई असंवैधानिक तरिकाले कारबाही गरिएको जनाउँदै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका छन्। उनले रिटमा पार्टी नछोडेको र प्रदेश सभामा पार्टीको ह्विप पनि उल्लंघन नगरेकाले कारबाही गर्न नमिल्ने दाबी गरेका छन्। 

उनको रिटमाथि आइतबार सुनुवाइ तोकिएको सर्वोच्च अदालतले जनाएको छ। 

पार्टी निर्णय विपरीत काम गरेको भन्दै जनमोर्चाले बिहीबार उनलाई प्रदेश सभा सदस्यबाट हटाएको थियो। जनमोर्चाले गरेको कारबाहीको सिफारिशका आधारमा गण्डकीका सभामुख नेत्रराज अधिकारीले बिहीबार नै उनी पदमुक्त भएको प्रदेश सभा बैठकमा जानकारी दिएका थिए।

यसअघि गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। त्यसमा जनमोर्चाले पनि समर्थन जनाएको थियो। तर, थापाले पार्टी निर्णय विपरीत मुख्यमन्त्री गुरुङलाई सहयोग गरेका थिए। 

उनी बाग्लुङ १ ‘ख’बाट प्रदेश सभामा निर्वाचन भएका थिए।