अध्ययन भन्छ: महामारीले जलवायुमा निकै सकारात्मक प्रभाव परेको छ - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

अध्ययन भन्छ: महामारीले जलवायुमा निकै सकारात्मक प्रभाव परेको छ



काठमाडौं- कोरोनाको कारण बिश्वब्यापी विभिन्न समस्या देखिएपनि केहि क्षेत्रमा भने सकारात्मक प्रभाव देखिएका छन् । विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ।

कोरोनाभाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परेपनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो।

हालै गरिएको अध्ययनले लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोखिएको, उद्योग तथा कारखानाहरु बन्द भएको, मानिसको चहलपहल कम भएकोलगायतका कारणले जलवायु प्रदुषणमा न्युनिकरण भएको देखाएको छ।

उनीहरुले विषेश गरेर अहिलेको हवाई यातायातको अवस्था र त्यसले जलवायुमा पारेको प्रभावका बारेमा अध्ययन गरेका थिए। अध्ययन विषेश गरेर गत बर्ष सन् २०२० को मार्च र मेमा विश्वका धेरै ठाउँमा लकडाउन भएकाले त्यति बेलाकै अवस्थालाई केन्द्रीत गरिएको छ।

त्यही समयमा अघिल्ला बर्षहरुमा हुने जलवायुको अवस्थासँग तुलना गरेर अध्ययन गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् । ‘इन्भारोमेन्ट रिसर्च लेटर्स’मा प्रकाशित यो अध्ययन जर्मनीको लेइप्जीङ विश्वविद्यालयका प्राध्यापक जोहन्स क्वासको नेतृत्वमा गरिएको हो।