एमाले ओली समूहको बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । एमाले केन्द्रिय पार्टी कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ ।
पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेका बेला बुधवारको बैठक बिहीबारसम्मलाई स्थगित भएको थियो ।
आजै माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि अबको परिस्थिति हेरेर बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बताइएको छ ।