प्रचण्डको संदेश बोकेर नारायणकाजी पुगे माधव नेपाल निवास - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

प्रचण्डको संदेश बोकेर नारायणकाजी पुगे माधव नेपाल निवास



काठमाडौँ- नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठबिच गोप्य छलफल भएको छ ।

बिहीबार बिहान नेता नेपाललाई भेट्न नारायणकाजी नेपाल निवास कोटेश्वरमा पुगेका थिए । उनीहरूबीच ओली विरुद्धको कदम तर आगामी रणनीतिबारे छलफल भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजीलाई नेपाल निवासमा पठाएका थिए । नेपाल समूहले केन्द्रीय कमिटिको बैठक बोलाएकै दिन उनीहरूबीच भएको छलफललाई अर्थपूर्ण मानिएको छ ।

दुई नेताबिच बिहीबार बिहान एक घण्टा छलफल भएको थियो । नेता नेपालको निवासमा बिहान ९ पुगेका नारायणकाजी १० बजे मात्रै निस्किएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते मध्यरातमा संसद विघटन गरेसँगै आन्दोलित बनेको विपक्षी गठबन्धनका नेताहरुले यसपछिको रणनीतिको विषयमा पनि छलफल गरेको बताइएको छ ।