शंकर पोखरेलले उठाए सर्वोच्च अदालतको निष्ठामाथि प्रश्न - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

शंकर पोखरेलले उठाए सर्वोच्च अदालतको निष्ठामाथि प्रश्न



काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको निष्ठामाथि प्रश्न उठाएका छन् । उनले सर्वोच्चमा गुटबन्दी भएको भन्दै सर्वोच्चमा समेत गुटबन्दी देखिनु गम्भीर समस्या भएको टिप्पणी गरेका छन् ।

पोखरेलले एउटा न्यायाधीशले अर्को न्यायाधिसको न्याय निरुपणको निस्पक्षतामा प्रश्न उठाउने तहको गुटवन्दी देखिनु गम्भीर समस्या भएको उनको टिप्पणी छ।

‘सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निस्पक्षतामा प्रश्न उठाउने तहको गुटवन्दी देखिनु गम्भीर समस्या हो’, उनले सामाजिक सञ्जालमार्फत भनेक छन् ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइको क्रममा दुई न्यायाधीशको विषयमा वकिलहरुले प्रष्ट उठाएपछि विवाद भएको थियो ।

वकिलहरुले तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्पक्षताप्रति प्रश्न उठाउँदै उनीहरु इजलासमा बस्न नहुने माग गरेपनि उनीहरुले आफू नबाहिरिने राय दिएका छन् ।

तर विवादकै बीच न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराई अलग भएका थिए । उनीहरु केसी र श्रेष्ठ बाहिरिन नमानेपछि आफै बाहिरिएका थिए ।