नयाँ पार्टीबारे छलफल गर्न माधव नेपालले बोलाए बैठक - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

नयाँ पार्टीबारे छलफल गर्न माधव नेपालले बोलाए बैठक



काठमाडौं- नेकपा एमालेका नेता माधव नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठक बोलाएका छन् ।

बिहान ११ बजे भर्चुअल माध्यमबाट कुराकानी गर्नेगरी बिहिबारका लागि उनले बैठक बोलाएका हुन् । स्रोतका अनुसार आजको बैठक नयाँ पार्टीको बारेमा केन्द्रित हुनेछ ।

नेता नेपालले एमाले अध्यक्ष केपी ओली सुध्रिने कुनै संकेत नरहेको भन्दै छिट्टै नयाँ पार्टी घोषणा हुने बताएलगत्तै केन्द्रीय सदस्यहरूसँग छलफल गर्न लागेका हुन् ।

नेपाल पक्षका एक नेताका अनुसार बैठकमा ओलीविरुद्द आगामी कदमबारे छलफल हुने छ ।