दरबार हत्याकाण्ड छानबिन गर्न बाबुराम भट्टराईको नयाँ प्रस्ताव
काठमाडौं । जनता समाजवादी पार्टीका तथा अध्यक्ष पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दरबार हत्याकाण्डबारे नयाँ प्रस्स्ताव ल्याएका छन्।
उनले दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका हुन्।
जा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृङ्खला चलिरहनु लोकतान्त्रिक गणतन्त्रका निम्ति शोभनीय नरहेको भन्दै बिहिबार भट्टराईले ट्वीट गरेका छन् ।
उनले आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गर्न आग्रह गरेका छन् ।