चौधरी ग्रुपको उद्योगमा भिषण आगलागी - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

चौधरी ग्रुपको उद्योगमा भिषण आगलागी



काठमाडौं –चौधरी ग्रुपको उद्योगमा भिषण आगलागी भएको छ । उद्योगको बियर र चाउचाउ प्लान्टमा भिषण आगलागी भएको हो।

पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योग ग्राममा आज बिहानदेखि आगलागी भइरहेको बताइएको छ ।

बिहान साढे ८ बजे आगलागी सुरु भएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मी, स्थानीय, कर्मचारी, दमकलसहित आगो निभाउन खटिएका छन्।

कार्टुन गोदामबाट आगो सुरु भएर मुख्य भवनमा पसेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ। आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन।