लुम्बिनीमा सत्तापक्ष र गठबन्धनको छुट्टाछुट्टै तयारी: एमालेले बोलायो दलको बैठक - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

लुम्बिनीमा सत्तापक्ष र गठबन्धनको छुट्टाछुट्टै तयारी: एमालेले बोलायो दलको बैठक



काठमाडौं- लुम्बिनीमा सत्तारूढ नेकपा एमालेले संददीय दलको बैठक बोलाएको छ । आजदेखि शुरू हुने प्रदेशसभाको बजेट अधिवेशनका विषयमा योजना बनाउन बैठक बोलाइएको बताइएको छ ।

बुधबार बिहान ८ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ ।
दिउँसो १ बजेदेखि शुरू हुने प्रदेश सभामा दलीय धारणा बैठक बोलाइएको बताइएको छ ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव पेश गर्नसक्ने आशंकाबीच संसदीय दलको बैठक बोलाइएको हो । गठबन्धनले यसअघि अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो । यो प्रस्ताव संसदमै लैजाने तयारी गठबन्धनले गरेको छ।

तर सरकारले संसद अन्त गरी अध्यादेशबाट बजेट ल्याउने आशंका विपक्षी गठबन्धनले गरेको छ ।