महन्थ र राजेन्द्रसहित चार नेता जसपाबाट निष्काशित - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

महन्थ र राजेन्द्रसहित चार नेता जसपाबाट निष्काशित



काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरिएको बताइएको छ । यसबारे मंगलबार निर्वाचन आयोजमा जानकारी समेत गराइसकेको नेता राईले बताए।

योसँगै वर्तमान सरकारमा सहभागि हुने या नहुने विषयलाई लिएर दुई धार देखिएको जसपा विभाजनको सङ्घारमा पुगेको छ। जसपाले पाँच दिन अघि ती नेताहरुलाई स्पष्टीकरण सोधेको थियो।