प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने



काठमाडौं- संवैधानिक इजलास गठनका विषयमा सर्वोच्च अदालत र सर्वोच्च बार एसोसिएसनबीच सहमति भएको छ। अब वरिष्ठताका आधारमा बेच्न तोकिने भएको छ। 

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष प्रा.पूर्णमान शाक्यको नेतृत्वमा आएको टोलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गरेको हो। प्रधानन्यायाधीश जबरासँगको छलफलमा वरिष्ठताका आधारमा संवैधानिक इजलासमा न्यायाधीश तोक्ने सहमति भएको बार अध्यक्ष प्रा.शाक्यले बताए। “संवैधानिक इजलासमा न्यायाधीश तोक्दा वरिष्ठताका आधारमा तोक्ने सहमति भएको छ,” अध्यक्ष प्रा.शाक्यले भने। 

संवैधानिक इजलासमा तोकिएका न्यायाधीशका विषयमा प्रश्न उठेमा त्यसपछि न्यायाधीशलाई राख्ने सहमति भएको छ। त्यसका लागि सर्वोच्चको फूलकोर्टले निर्णय गर्ने सहमति भएको बार अध्यक्ष प्रा. शाक्यले बताए। 

यसका लागि नियम संशोधन गर्ने सहमति बनेको छ। एक हप्ताभित्र नियम संशोधन गरिनेछ। त्यतिञ्जले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमा पनि सुनुवाइ रोकिनसक्ने भएको छ। 

यस विषयमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबराले इजलासमा जानकारी दिने तयारी गरिरहेका छन्।