डा. भट्टराईको प्रश्न, आफू खुराफातमा लाग्ने, सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाउने ? - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

डा. भट्टराईको प्रश्न, आफू खुराफातमा लाग्ने, सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाउने ?



काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार खुराफातमा लागेर सेरेमोनियल राष्ट्रपतिलाई चाहिं भीख माग्न लगाएको आरोप लगाएका छन् ।

उनले कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएको बताएउँदै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट खोप लिएर आफ्ना जनतालाई लगाइसकेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सरकार खुराफातमा लागेर सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाएर जग हँसाएको बताएका छन् ।

उनले लेखेका छन्, ‘हामी किन कुइराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राष्ट्रपतिलाई चाहिं भीख माग्न लगाउने ? खै लाजशरम ?’

‘कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो। हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रा प लाई चाहिं भीख माग्न लगाउने ? खै लाजशरम?’