सुर्य थापाले गरे भीम रावलमाथि आपत्तिजनक टिप्पणी - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सुर्य थापाले गरे भीम रावलमाथि आपत्तिजनक टिप्पणी



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व गृहमन्त्री तथा एमालेकै नेता भीम रावलमाथि आपत्तिजनक टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीको सल्लाहकार जस्तो व्यक्तिले पदीय मर्यादा समेत भुलेर अर्को नेतामाथि मानसिक अवस्था बिग्रिएको टिप्पणी गरेका छन् । थापाले नेता रावलको मानसिक अवस्था बिग्रिएको भन्दै गम्भीर टिप्पणी गरेका छन्।

थापाले सोमबार सामाजिक सञ्जालमा अंग्रेजीमा लेखेका छन्, ‘partially Head Damaged.’ अर्थात् आंशिक रूपमा दिमाग बिग्रिएको!

नेता रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप सहयोग माग्दै विदेशी समकक्षीलाई पत्राचार गर्नु संविधानविपरीत भएको भनेर विरोध गरेपछि थापाले रावलको मानसिक स्वास्थ्यप्रति टिप्पणी गरेका हुन्।