सरकारले भन्यो: कोभिसिल्ड खोप उपलब्ध गराउन सकिन्न - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सरकारले भन्यो: कोभिसिल्ड खोप उपलब्ध गराउन सकिन्न



काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज तत्काल उपलब्ध गराउन नसक्ने जनाएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेटमार्फत मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा . तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुने सम्भावना नभएको बताएका हुन् ।

‘पहिलो डोज लगाएको अब करिब ११ हप्ता बितिसकेको छ । फागुन २३ भन्दा पछि खोप प्राप्त गर्नुहुने ज्येष्ठ नागरिक तथा अन्य नागरिकले खोप लगाउने मिति नजिकै आउँदा पनि तत्कालै कोभिसिल्ड खोपको दोस्रो मात्रा उपलब्ध हुने सम्भावना देखिएको छैन,’ उनले भने, ‘यसको विकल्पमा यही प्रकृतिका खोप उलपब्ध गराउन हाम्रा दाताहरुलाई भनिरहेकै छौँ ।’

उनका अनुसार फागुन २३ गतेपछि कोभिशिल्ड खोपको पहिलो डोज लगाएका देशभरका ६५ वर्षमाथिका र १४ जिल्लाका ५५ वर्षमाथिका गरेर साँढे १३ लाख व्यक्तिले दोस्रो डोज लगाउने मिति आइसकेको अवस्थामा पनि खोप नपाउने भएका हुन् । कोभिसिल्ड लगाएकाहरुले कोभिसिल्ड, एस्ट्राजेनिका वा एस्केबायो एउटै प्रकृतिको खोप उपलब्ध गराउन पहल गरिरहेको उनको भनाइ छ ।