महन्थ समुहका चार नेतालाई पार्टीबाटै निष्कासन गर्ने तयारी
काठमाडौं- जनता समाजवादी पार्टी जसपाका महन्थ ठाकुर पक्षका चार नेतालाई पार्टीबाट नै निष्कासन गर्ने तयारी उपेन्द्र यादव पक्षले गरेको छ । पार्टीबाटै निष्कासन गर्नेसम्मको चेतावनी दिएर यादव पक्षले पत्र पठाएको छ ।
पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दोस्रो पटक स्पष्टीकरण सोधेको हो।
दोस्रो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण बुझाउन भनिएको त्यो पत्रमा जवाफ नदिए पार्टीबाट निष्कासनको कार्वाही गर्ने चेतावनी दिइएको छ ।