विवादित बन्यो संवैधानिक इजलास: बमकुमार श्रेष्ठमाथि उठ्यो गम्भीर प्रश्न - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

विवादित बन्यो संवैधानिक इजलास: बमकुमार श्रेष्ठमाथि उठ्यो गम्भीर प्रश्न



काठमाडौं । प्रतिनिधिसभा विघटनको सन्दर्भमा सर्वाेच्च अदालतमा शुक्रबार भएको बहसमा न्यायाधीश बमकुमार श्रेष्ठको विषयमा प्रश्न उठेको छ ।

गत फागुन २३ गते ऋषि कट्टेलको नेकपाको मुद्दाको विषयामा फैसला गरेकाले विपक्षी गठबन्धनका तर्फबाट बहस गर्ने अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठको विषयमा प्रश्न उठाएका हुन् ।

न्यायधीश श्रेष्ठले कट्टेलले माग नै नगरेको विषयमा प्रवेश गरेर नेकपा एमाले र नेकपा माओवादीको एकतलाई शून्यमा पुराएका थिए । उक्त फैसला प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थमा भएको चर्चा छ ।

बन्दीको प्रश्नको जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले हरेक पक्षले एकजनाले एकजना न्यायाधीशमाथि प्रश्न उठाउनु अदालतमाथिको अविश्वास भएको तर्क गरेका छन् । उनले अदालतप्रति विश्वास गर्न अधिवक्ता बन्दीलाई आग्रह गरेका छन् ।

संसद र पार्टीमा झण्डै दुई तिहाइ बहुमतमा अर्को पक्ष रहेका बेला एमाले र माओवादी ब्यूँतिने फैसलाले केपी ओली राजनीतिक रूपमा एकाएक प्रभावशाली बनेका थिए ।

३० वटा रिटको सुनुवाइका लागि प्रधानन्यायधीश चोलेद्रशम्शेर जबराले आफू र श्रेष्ठसहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका छन् ।

शुक्रबारका लागि बहस सकिएको छ भने अब आइतबार बाँकी बहस हुनेछ । रिट निवेदक धेरै भएकाले प्रधानन्यायाधीश राणाले १५ मिनेटमा आफ्नो बहस सक्न निर्देशन दिएका थिए ।