संवैधानिक इजलासमा विवाद - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

संवैधानिक इजलासमा विवाद



काठमाडौं- प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

सुनुवाई आइतबार सम्मका लागि स्थगित भएको र मुद्दालाई मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।

संवैधानिक इजलासमा रिट निवेदक र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि सुनुवाइ स्थगित भएको बताइएको छ।

गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले नेकपा एकता खारेज गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर आपत्ति जनाएपछि इजलासमा विवाद भएको बताइएको छ ।

प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य रहेको इजलास गठन गरेका थिए।

संवैधानिक इजलासमा दर्ता भएका ११ तथा संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिमा प्रक्रिया नपुगेको भन्दै परेका अन्य १९ रिटमाथि संवैधानिक इजलासमा बहस सुरु भएको हो।