डा. कृष्ण पौडेल बने स्वास्थ्य मन्त्रालयको नयाँ प्रवक्ता
काठमाडौं- इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा नियुक्त भएका छन् ।
डा. पौडेललाई मन्त्रालयको प्रवक्तको जिम्मेवारी दिइएको हो । ‘अहिलेलाई महाशाखा र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएको छु’, डा. पौडेलले भने ।
यसअघि मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम थिए । उनी कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) मा सरुवा भएपछि मन्त्रालयको प्रवक्ता खाली थियो ।